प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई कारबाही गरे लगत्तै उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिनुभएको छ ।
⁸मन्त्री साह पदमुक्त भएपछि प्रधानमन्त्री बालेन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिनुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर भएको जानकारी गराएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार श्रम मन्त्रालयको जिम्मेवारी बिहीबारबाट प्रधानमन्त्रीले लिनुभएको हो । प्रधानमन्त्री वालेन्द्रले श्रममन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नुभएको हो।
