चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले दिवंगत प्राविधिक दिनेश सिटौलाले आफ्नो डायरीमा टिपेका उधारो विवरण सार्वजनिक गरेका छन्। सिटौलाले संसार छोडे पनि फिल्म उद्योगका चर्चित निर्माता र निर्देशकहरूले उनलाई दिनुपर्ने पारिश्रमिक अझै नदिएको देखिएको छ
दिनेश सिटौलालाई रकम तिर्न बाँकी रहेका फिल्म र निर्माताहरूको नामावली:
१. फिल्म सिटामोल : सिमोश सुनुवार – १३ लाख
२. फिल्म रीमै : खिल बहादुर गुरुङ – ७ लाख
३. फिल्म हर्ष: एकता पौडेल – २ लाख ५० हजार
४. फिल्म तेलभिसा: निर्माता/निर्देशक – ३ लाख
५. जनै हराएको मान्छे: बिमल न्यौपाने – ३० हजार
६. फिल्म क्याप्टेन: भुवन केसी – ६ लाख ५० हजार
७. फिल्म वीर विक्रम: मिलन चाम्स – २ लाख
८. फिल्म लभ डायरिज: बाबु सापाकोटा – ८ लाख
९. फिल्म सेन्टिभाइरस: सिताराम कट्टेल – २ लाख ५० हजार
१०. फिल्म घामड शेरे: हेमराज बिसी – १ लाख ५० हजार
११. फिल्म अनुराग: ऋषि धमला – ३ लाख
१२. फिल्म जारी २: मणिराम पोखरेल – ४ लाख
१३. फिल्म ऐंचोपैंचो: कृषा चौलागाईं – २ लाख
१४. फिल्म प्रसाद २: सुवास थापा – ५० हजार
१५. फिल्म साङ्लो: विराज भट्ट – २ लाख
१६. पण्डित बाजेको लौरी: अमन भण्डारी – २ लाख ५० हजार
१७. फिल्म आप्पा: अनमोल गुरुङ – १ लाख ५० हजार
१८. फिल्म मोहोर: चुमनसीह शाही – ५० हजार
१९. फिल्म जेरी/ग्याङस्टार: सरोज न्यौपाने – ३ लाख
२०. कोशेढुङ्गा: दिनेश खड्का (प्याट्रिक) – १ लाख ८० हजार
२१. फिल्म गुलाबी: समुन्द्र भट्ट – ५० हजार
२२. लण्डन टु पेरिस: एबी प्रोडक्शन – २ लाख
२३. बलिदान: सन्तोष सेन – ५ लाख
अध्यक्ष समीर बलामीले सिटौलाको मोबाइलको नोटमा रहेका अन्य सूचीहरू पनि क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन्। यो घटनाले नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रमको कदर नहुने तितो यथार्थलाई फेरि एकपटक बाहिर ल्याएको छ।
जनध्वनि: छिटो, तथ्यपूर्ण र निडर।
