काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का नवनियुक्त सचिवालय सदस्य सागर ढकाल ले वैशाख २० गते पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टीको बनस्थलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा उनले सभापति रवि लामिछाने समक्ष शपथ ग्रहण गरेका हुन्। शपथ कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो।
यसअघि वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्य संख्या थप गर्ने निर्णय गर्दै कुल संख्या १६ पुर्याएको थियो। सोही निर्णयअनुसार ढकाललाई सचिवालयमा समावेश गरिएको हो।
पार्टीले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने लक्ष्यसहित सचिवालय विस्तार गरेको जनाएको छ।
