इलाम मा भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाम मार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन कार्यक्रमअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ।
जिल्ला समितिका संयोजक प्रकाश अधिकारी का अनुसार कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गर्दै आएको जग्गा दर्ता गर्ने निर्णय गरिएको छ। यस क्रममा ५९३ कित्ताको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो।
आयोगका अनुसार प्रमाणपत्र वितरण तथा जग्गा दर्ताबाट रु १ करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको छ।
त्यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। पालिकासँगको समन्वयमा जिल्लाभर कुल २० हजार १७४ निवेदन सङ्कलन गरिएको थियो।
