काठमाडौं । सामाखुसीस्थित City Square Mall को पाँचौं तलामा सञ्चालनमा आएको Oasis Unisex Saloon and Spa को हिजो वैशाख २६ गते शनिबार भव्य रूपमा उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा विभिन्न व्यवसायी, सञ्चारकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सदाबहार नायिका Karishma Manandhar ले रिबन काटेर सैलुन तथा स्पाको औपचारिक उद्घाटन गरेकी थिइन्।
उक्त सैलुन तथा स्पाकी सञ्चालिका सुषिला थापा सफल व्यवसायी तथा समाजसेवीको रूपमा परिचित छिन्। उनी Lions Club of Kathmandu Upakar Abhiyan की अध्यक्ष समेत हुन्।
कार्यक्रममा सहभागीहरूले ‘ओएसिस युनिसेक्स सैलुन एन्ड स्पा’ ले सौन्दर्य तथा सेवा क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए।




