जनध्वनि
विराटनगर । कोशी प्रदेश सरकारले जेठ ६ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले प्रदेश योजना आयोगको सदस्यमा सुनसरीको धरानकी मनिता घिमिरेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
सरकारका अनुसार आगामी बजेट अधिवेशनमार्फत प्रदेशका नीति, योजना तथा विकास कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारी गरिएको छ।
