काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।
भ्रमणका क्रममा उनले नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
भेटघाटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय राजनीति, आर्थिक सहकार्य तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यस समयमा रवि लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही विश्लेषकहरूले यसलाई रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीतिक सक्रियतासँग जोडेर हेरेका छन् ।
