काठमाडौं । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उक्त भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन सभामुखसँग रुलिङको माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भएकाले स्पष्टिकरण आवश्यक रहेको बताएका छन्।
उनीहरूले मन्त्रीहरूका गैरजिम्मेवार अभिव्यक्ति र दण्डहीनताको प्रवृत्तिका कारण कानुन कार्यान्वयनमा सरकार चुकेको आरोपसमेत लगाएका छन्।
