रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलमा अज्ञात समूहले सुरुङ खनेर तीन घरमा चोरी गरेको छ।
चोरहरूले रामप्रसाद यादवको घरबाट २ लाख ८० हजार रुपैयाँ नगद तथा सुनका गहना र तेजनारायण यादवको घरबाट चाँदीका बाला चोरी गरेका छन्।
गजेन्द्र सहनीको घरमा पनि प्रवेश गरे पनि कुनै सामान चोरी नभएको प्रहरीले जनाएको छ। घटनामा नक्कली चाबी प्रयोग भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
