जनध्वनि
×
जनध्वनि
2026 October 8, Thursday
मेनुहरु
पेजहरु
FLASH NEWS
सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक । फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको मृत्यु : घटनाबारे प्रहरी अनुसन्धान जारी । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा देउडा गीत “तेरा जसा बैशं” सार्वजनिक । सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद । नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै । ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै । यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व । म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो । महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप । बुधवारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर ।
+

ताजा अपडेट +

ट्रेन्डिङ +

‘डेमोक्रेटिक रिपब्लिक अफ द कंगो’मा इबोलाको पछिल्लो प्रकोप समुदाय स्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ । कंगोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शंकास्पद बिरामीको पनि पहिचान गरिएको छ । प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दा बढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदाय स्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको संकेत गरेको अधिकारीले बताएका छन् । प्रतिवेदनमा मृत्युपश्चात् नमुना सङ्कलनमा समुदायको असहयोग तथा विशेष गरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ । साथै, औषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएअनुसार ‘बुन्डिबुग्यो’ भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता मूल्याङ्कन गर्न कङ्गोमा क्लिनिकल परीक्षण सुरु गरिएको छ । उक्त भाइरसका कारण हुने इबोलाका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

गृहपृष्ठ
नयाँ अपडेट
ट्रेन्डीङ्ग
Logo
प्रदेश / स्थानीय