जनध्वनि
सन् २०८२ नेपाली संगीत क्षेत्रका लागि उतारचढावले भरिएको वर्ष बन्यो। समाज, प्रविधि, राजनीति र मानवीय भावनासँग गहिरो सम्बन्ध जोड्दै यस वर्षले संगीतको स्वरूपमै बहुआयामिक परिवर्तन ल्यायो। चर्चित गायक प्रशान्त तामाङ को निधनले सम्पूर्ण संगीत क्षेत्रलाई शोकमा डुबायो। उनको योगदान र लोकप्रियताले नेपाली संगीतमा छाडेको प्रभाव लामो समयसम्म सम्झिइनेछ।
यता, नयाँ पुस्ताले पनि आफूलाई सशक्त रूपमा स्थापित गर्यो। प्रतिभाशाली गायिका नीताकुमारी थापा ले ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि जित्दै नयाँ आशा र ऊर्जा भरेकी छन्।
राजनीति र संगीतबीचको सम्बन्ध पनि यस वर्ष चर्चाको केन्द्रमा रह्यो। झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै र्यापबाट उदाएका बालेन शाह प्रधानमन्त्री बन्नुले कलाकारको सामाजिक र राजनीतिक प्रभाव कति बलियो हुन सक्छ भन्ने देखायो।उनको गीत ‘जय महाकाली’ले युट्युबमा २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिएको नेपाली गीतको रेकर्ड बनाउनु यसैको अर्को संकेत हो । डीजेइङबाट करिअर थालेका सुधन गुरुङ गृहमन्त्री बन्नु पनि संगीत पृष्ठभूमिका व्यक्तिहरू राज्यको नेतृत्वमा पुग्न थालेको उदाहरण हो ।
यससँगै, डिजिटल प्लेटफर्महरूको विस्तार र एआई प्रविधिको विकासले संगीत सिर्जना, वितरण र उपभोग गर्ने तरिकामा ठूलो परिवर्तन ल्यायो। अब कलाकारहरू परम्परागत माध्यमभन्दा बाहिर गएर विश्वव्यापी दर्शकसम्म पुग्न सक्षम भएका छन्, तर यससँगै एआईले सिर्जना गर्ने संगीतले मौलिकताको प्रश्न पनि उठाइरहेको छ।
समग्रमा, २०८२ नेपाली संगीतका लागि भावनात्मक, परिवर्तनशील र सम्भावनायुक्त वर्षका रूपमा स्मरणीय रह्यो।
