काठमाडौं — सरकारले अतिक्रमित सुकुमवासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ।
शहरी विकास मन्त्रालय मा सुनील लम्साल को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले अतिक्रमण गरेर बनाइएका बस्तीहरू हटाई सो क्षेत्रमा आवश्यक पूर्वाधार विकास कार्य अघि बढाउने निष्कर्ष निकालेको जनाएको छ।
त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले आवश्यक तयारीका काम तत्काल सुरु गर्ने निर्णय गरिएको छ।
सरकारले उक्त कदममार्फत व्यवस्थित शहरी विकास र दीर्घकालीन पूर्वाधार निर्माणलाई गति दिने उद्देश्य राखेको जनाएको छ।
