आजको भाग्यफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामको योजना बन्नेछ। व्यापार व्यवसायमा लाभ हुने समय छ, तर स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक सुख मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। अनावश्यक खर्च बढ्न सक्ने भएकाले सतर्क रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ। बोलीमा संयमता अपनाउनु राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन सामान्य छ। नयाँ अवसरहरू आए पनि निर्णय लिन हतार नगर्नुहोला। मनमा केही चिन्ता बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा रुचि बढ्नेछ र मानसम्मान मिल्नेछ। वैदेशिक कार्यबाट लाभ हुने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा सुधार आउनेछ। लामो समयदेखि रोकिएको कामले गति लिनेछ। आलस्यलाई त्यागेर अघि बढ्नुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। छोटो दुरीको यात्रा हुन सक्छ। स्वास्थ्यमा भने केही उतारचढाव आउला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू परास्त हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। खानपानमा विशेष ध्यान दिनु आवश्यक छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अध्ययन अध्यापनमा प्रगति हुनेछ। धर्म-कर्ममा मन जानेछ। परिवारसँग रमाइलो समय बित्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
व्यापारमा राम्रो प्रतिफल मिल्नेछ। नयाँ सवारी साधन वा भौतिक साधन जोड्ने योग छ। अनावश्यक विवादबाट टाढै रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ समाचार सुन्न पाइएला। दाजुभाइबीचको सम्बन्ध सुधारिनेछ। पराक्रम र उत्साह बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको धन हात लाग्न सक्छ। ठुलो लगानी गर्नुअघि विज्ञको सल्लाह लिनुहोला।
