काठमाडौँ जिल्ला अदालतले विवादित व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई थप एक साता हिरासतमा राख्न म्याद दिएको हो। सम्बन्धित विभागले अनुसन्धानका लागि ३० दिनको म्याद माग गरे तापनि अदालतले ७ दिनको मात्र समय थप गरिदिएको हो।
यसअघि पनि गत वैशाख ९ गते उनीहरूलाई ७ दिनको म्याद थप गरिएको थियो। व्यवसायी भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो। उनीहरूमाथि विभिन्न व्यावसायिक विवाद र कानुनी उल्लङ्घनको आरोपमा अनुसन्धान भइरहेको छ।
