तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।
गुरुङले पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको जनाएका छन् । गुरुङ २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका थिए ।
राजीनामा पत्रमा उनले पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न नसकिएको स्वीकार गरेका छन् ।
