राष्ट्रपति रामचन्द्र पौडेलले आज अर्को एक अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिले “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३” जारी गर्नुभएको हो।
सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये हालसम्म सात वटा अध्यादेश जारी भइसकेका छन्। तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने अझै जारी भएको छैन।
शीतलनिवास स्रोतका अनुसार, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पुनर्विचारका लागि फिर्ता गर्ने तयारी भइरहेको छ। यस विषयमा थप छलफल आवश्यक रहेको जनाइएको छ।
यसअघि पनि सरकारले सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी नभएको उदाहरण रहेको छ।
