बाजुराको बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ। आइतबार बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार बुढा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि आधारभूत अस्पताल कोल्टी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
स्थानीय प्रशासनले वर्षायाममा चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
