नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। उनले पारिवारिक तथा शारीरिक समस्याका कारण देखाउँदै सोमबार आफ्नो राजीनामा बुझाएका हुन्।
विश्वकर्माले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमक्ष राजीनामा पत्र बुझाएको बताइएको छ।
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते विश्वकर्मालाई नेपाल दलित संघको अध्यक्षमा नियुक्त गरेका थिए।
उनको राजीनामापछि दलित संघको नेतृत्व सम्बन्धमा अब नयाँ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
