जनध्वनि
काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग महत्वपूर्ण छलफल गर्न लागेको छ।
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म पूर्वमहान्यायाधिवक्ताहरूसँग संविधान संशोधनसम्बन्धी परामर्श गर्ने कार्यक्रम रहेको छ।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विभिन्न पक्षमा आवश्यक सुझावहरू सङ्कलन गरिनेछ।
