अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके देशमाथि पहिलेभन्दा अझ सशक्त र तीव्र सैन्य आक्रमण हुने चेतावनी दिनुभएको छ।
बुधबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सन्देश जारी गर्दै ट्रम्पले तेहरानले वासिङ्टनसँग शान्ति सम्झौतामा सहमति नगरे अमेरिकी सेनाले बमबारी सुरु गर्ने स्पष्ट चेतावनी दिनुभयो।
ट्रम्पले लेख्दै भनेका छन्, “यदि इरान प्रस्तावित शर्तहरूमा सहमत हुन्छ भने हाम्रो सैन्य अभियान ‘एपिक फ्युरी’ समाप्त हुनेछ। साथै हर्मुज जलडमरूमध्य सबैका लागि खुला गरिनेछ।”
तर उनले इरान सम्झौताका लागि तयार हुने सम्भावनामा शंका व्यक्त गर्दै सहमति नभए परिणाम गम्भीर हुने संकेत गर्नुभयो। उहाँका अनुसार सहमति नभए बमबारी पहिलेभन्दा धेरै उच्च स्तर र तीव्रतामा हुनेछ।
ट्रम्पको यस अभिव्यक्तिले अमेरिका र इरानबीच बढ्दो तनाव अझै चर्किएको संकेत गरेको छ, जसले अन्तर्राष्ट्रिय राजनीतिक वातावरणलाई थप संवेदनशील बनाएको छ।
