Dhading District को चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
National Earthquake Monitoring and Research Center का अनुसार बिहान ११ः१४ बजे गएको भूकम्पको धक्का धादिङसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
