मस्को — रुस र युक्रेन तीन दिनका लागि युद्धविराम गर्न तथा १–१ हजार युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि बढाइएको प्रस्तावलाई दुवै देशले स्वीकार गरेका हुन्।
रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा रुसले ट्रम्पको प्रस्ताव स्वीकार गरेको हो। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सामाजिक सञ्जाल एक्समार्फत युद्धबन्दी साटासाटमा सहमति भएको पुष्टि गरेका छन्।
युद्धविराम मे ९, १० र ११ मा लागू हुने बताइएको छ। जेलेन्स्कीले बन्दी साटासाटको तयारी तत्काल सुरु गर्न आफ्नो टोलीलाई निर्देशन दिएका छन्।
यसैबीच, मस्कोमा हुने विजय दिवस परेडलाई लक्षित गर्दै युक्रेनले रेड स्क्वायर क्षेत्रलाई आक्रमण योजनाबाट बाहिर राख्ने जनाएको छ।
रुसी रक्षा मन्त्रालयले मे ८ को मध्यरातदेखि मे १० सम्म सबै सैन्य कारबाही रोक्ने घोषणा गरेको छ।
