काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन–तीन जना, मोरङ र चितवनबाट दुई–दुई जना तथा कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक–एक जना पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालित टोलीले उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल र एलएसडी जस्ता नियन्त्रित औषधि बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी कडा पारिएको प्रहरीले बताएको छ।
