काठमाडौँ । उच्च गुणस्तरका क्यामेरा र अत्याधुनिक एआई प्रविधिको विकाससँगै फोटोमार्फत फिंगरप्रिन्ट चोरी हुने जोखिम बढेको भन्दै सुरक्षा विज्ञहरूले चेतावनी दिएका छन्।
चिनियाँ सुरक्षा विज्ञ ली छाओले १.५ देखि ३ मिटर टाढाबाट खिचिएको स्पष्ट फोटोबाट समेत फिंगरप्रिन्ट चोरी हुन सक्ने बताएका छन्। उनका अनुसार आधुनिक प्रविधिको प्रयोग गरेर फोटोमा देखिएका औँलाको छापलाई डिजिटल रूपमा पुनः निर्माण गर्न सकिने खतरा बढ्दै गएको छ।
विशेषगरी सामाजिक सञ्जालमा पोस्ट गरिने क्लोजअप तस्वीरहरूले व्यक्तिगत सुरक्षामा असर पुर्याउन सक्ने विज्ञहरूको भनाइ छ। उनीहरूले फोटो सार्वजनिक गर्नु अघि औँलाको भाग धमिलो बनाउने वा चिल्लो पारेर पोस्ट गर्न सुझाव दिएका छन्।
सुरक्षा विज्ञहरूले बायोमेट्रिक प्रणाली प्रयोग गर्ने व्यक्तिहरूलाई थप सतर्क रहन आग्रह गर्दै व्यक्तिगत विवरण र डिजिटल सुरक्षालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
