सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको ठेक्का रद्द गरेको छ।
निर्देशनालयले सम्झौताअनुसार काम नगरेको तथा लामो समयदेखि निर्माण कम्पनी कार्यस्थलमा अनुपस्थित रहेको भन्दै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ।
परियोजना समयमै अघि नबढेपछि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। अब निर्देशनालयले पोस्ट–टर्मिनेशन इभ्यालुएसन प्रक्रिया अगाडि बढाएर सरकारलाई पुगेको क्षति तथा असुल गर्नुपर्ने रकम सरकारी बाँकी सरह उठाउने तयारी गरेको जनाएको छ।
