साउदी अरबस्थित नेपाली दूतावास वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, उद्धार र समस्या समाधानमा सक्रिय बनेको छ।
हाल ५४४ जना नेपाली विभिन्न मुद्दामा जेलमा रहेका छन् भने गत साउनदेखि हालसम्म १३० जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। साथै २७ जना गम्भीर बिरामीको उद्धार तथा उपचार सहजीकरण गरिएको छ।
त्यसैगरी १५६४ जना श्रमिकका समस्या समाधानका लागि दूतावासले रोजगारदाता, प्रहरी र श्रम निकायसँग समन्वय गरेको जनाएको छ। करिब ५०० जनालाई एक्जिट भिसा प्रक्रियामा समेत सहयोग गरिएको छ।
दूतावासले “फोन नउठ्ने” गुनासाबारे प्रतिक्रिया दिँदै सीमित जनशक्ति र अत्यधिक चापका कारण सबै सम्पर्क तुरुन्त सम्भव नहुने तर कुनै पनि समस्या बेवास्ता नगरिने स्पष्ट पारेको छ।
