काठमाडौं । सरकार र अधिकारकर्मी रूबी खान बीच निर्मला कुर्मी प्रकरणको न्याय तथा निष्पक्ष अनुसन्धानसहित ५ बुँदे सहमति भएको छ ।
सहमतिसँगै रूबी खानले २३ दिनदेखि जारी राखेको अनशन मंगलबार पानी खाएर तोडेकी हुन् ।
सहमतिअनुसार निर्मला कुर्मी प्रकरणलाई यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने, सम्बन्धित अन्य घटनाको निष्पक्ष छानबिन गर्ने तथा अधिकारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
लामो समयदेखि आन्दोलनरत पक्ष र सरकारबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको जनाइएको छ । अधिकारकर्मीहरूले सहमतिका बुँदाहरू प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्
