काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढ्दै ५ हजार ५० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरूले बताएका छन् । पछिल्ला दिनमा सुनको मूल्य लगातार उकालो लाग्दै गएको छ ।
