चितवन । सात वर्षअघि भएको हत्या घटनामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन ले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् ।
२०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरमा फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय रत्ननगर तथा खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पन्चदेव महरालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।
