इरानमाथिको युद्ध र Strait of Hormuz बन्द भएपछि विश्व ऊर्जा बजारमा नयाँ संकट देखिएको छ । यहीबीच Venezuela भारतको तेस्रो ठूलो कच्चा तेल आपूर्तिकर्ताका रूपमा उभिएको छ ।
तथ्यांकअनुसार भेनेजुएलाबाट भारततर्फ हुने तेल ढुवानी अप्रिलको तुलनामा करिब ५० प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा बढ्दो तनाव र आपूर्ति अवरोधका कारण भारत वैकल्पिक ऊर्जा स्रोत खोज्न बाध्य भएको हो ।
नरेन्द्र मोदी सरकारले रुसी तेलको विकल्प खोजिरहेका बेला अमेरिकी पक्षले पनि भारतलाई अमेरिका र भेनेजुएलाबाट तेल खरिद गर्न प्रोत्साहन गरिरहेको बताइएको छ ।
यसैबीच मार्को रुबियो ले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेज भारत भ्रमणमा आउने बताएका छन् ।
ऊर्जा विज्ञहरूका अनुसार होर्मुज संकटले विश्व तेल आपूर्ति प्रणालीमा गम्भीर असर पार्दै नयाँ भू–राजनीतिक प्रतिस्पर्धा सुरु गराएको छ ।
