इस्लामावाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नू जिल्लामा भारी वर्षा र तीव्र हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खराब मौसमका कारण धेरै घरमा क्षति पुगेको छ। घटनामा मानव क्षतिसँगै पशुधनको समेत नोक्सानी भएको जनाइएको छ।
स्थानीय प्रशासन र उद्धार टोली प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुटेका छन्। क्षतिको विस्तृत मूल्याङ्कन जारी रहेको बताइएको छ। साथै, प्राधिकरणले सर्वसाधारणलाई जोखिमयुक्त भवन र संरचनाबाट टाढा रहन आग्रह गरेको छ।
