सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले करिब २८ किलो प्रतिबन्धित गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले गोलबजार–७ चोहर्वाबाट ५ किलो ७१५ ग्राम गाँजासहित दुई जना र गोलबजार–१० बाट २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
