काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि विवादका बीच मतदान सम्पन्न भएको छ।
सभापति पदका उम्मेदवार **नन्दकिशोर बस्नेत (एनके)**ले निर्वाचन प्रक्रिया स्थगित गर्न उजुरी दिए पनि मतदान सम्पन्न भएको प्रदेश महामन्त्री ललित कुमार चन्दले जानकारी दिएका छन्।
जेठ ३१ गतेदेखि सुरु भएको अधिवेशनमा नेतृत्व चयनलाई लिएर विवाद हुँदा निर्वाचन हुन सकेको थिएन। यद्यपि, उजुरीकर्ता बस्नेतले आफ्नो उम्मेदवारी कायम राख्दै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका छन्।
