काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा सुनुवाइका क्रममा हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी भोलिका लागि तोकिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै ठूलो रकम असुली गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
