झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ।
सोमबार र मंगलबार गरिएको अपरेसनमा ८३ जना लागुऔषध सेवनकर्ता र ९ जना कारोबारी पक्राउ परेका हुन्। पक्राउ परेकाहरूको साथबाट ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो पदार्थ र ३ ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान भइरहेको छ भने अन्य सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको छ।
