हनोई । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ।
पशु कल्याणसम्बन्धी संस्था Humane World for Animalsका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक संगठित गिरोहको पर्दाफास गरेका छन्।
घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ। उनीहरूले पछिल्ला तीन वर्षदेखि विभिन्न स्थानबाट बिरालो चोरी तथा सङ्कलन गर्दै आएको स्वीकार गरेको बताइएको छ।
