काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले घटेर १ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
