काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक नेता तथा पूर्वउपसभापति डोलप्रसाद (डीपी) अर्याल सभामुख बनेपछि पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन्।
चैत २० गते निर्विरोध सभामुखमा निर्वाचित भएका अर्यालले संवैधानिक व्यवस्थाअनुसार दलीय आबद्धता त्याग्नुपर्ने भएकाले महाधिवेशनमा सहभागी नहुने भएका हुन्।
पार्टी निर्माणमा अर्यालले पुर्याएको योगदानको प्रशंसा गर्दै रास्वपाका सभापति रवि लामिछानेले उनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
