काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देश पठाइदिने भन्दै ठूलो रकम असुली गरेको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २७ गतेदेखि प्राथमिकताका साथ भइरहेको हो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको छ।
