प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् । आजदेखि आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।
रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।
