राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले पार्टीको महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दिने भएकी छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिएकी हुन्
संघर्ष, इमानदारी र जनताको पक्षमा निरन्तर उभिने प्रणसहित केन्द्रीय सदस्यमा उठ्न लागेको ज्वालाले बताएकी छन् । उनले मतदाताहरूलाई भरपुर विवेक पुर्याउन आग्रह पनि गरेकी छन् ।
‘प्रिय साथीहरू, संघर्ष, इमानदारी र जनताको पक्षमा निरन्तर उभिने मेरो प्रतिबद्धतालाई आत्मसात् गर्दै महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिँदै छु । हजुरहरूले सकेको साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु१ साथै मतदान गर्दा भरपुर विवेक पुर्याउनु हुनेछ भन्ने कुरामा पनि विश्वस्त छु।’ उनले लेखेकी छिन् ।
