काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी रहेको बताएका छन्।
उनले वैधानिक सरकारलाई विस्थापित गरेर असंवैधानिक सरकार बनाइएको आरोप लगाउँदै त्यसका लागि जनतालाई भ्रमित पार्ने गरी झुठा प्रचार गरिएको दाबी गरे।
ओलीले देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियामाथि असर पर्ने गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याए।
यस्तै, प्रधानमन्त्री बालेन शाहले भारतले नेपाली सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए। उक्त अभिव्यक्ति निराधार, गैरजिम्मेवार र देशको हितविपरीत रहेको ओलीको भनाइ थियो।
