इरानको राजधानी तेहरानमा भारत सरकारको प्रतिनिधि मण्डलले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली दिएको छ ।
भारत सरकारको आधिकारिक प्रतिनिधि मण्डलमा बिहारका गभर्नर (राज्यपाल) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा सहभागी छन् ।
बिहारका राज्यपालले सामाजिक सञ्जालमा श्रद्धाञ्जली सभाको तस्विर पोस्ट गर्दै एक बयान जारी गरेका छन् ।
बयानमा भनिएको छ, ‘विदेश राज्यमन्त्री पबित्र मार्गेरिटाका साथ शुक्रबार तेहरानमा आयतुल्लाह सैयद अली खामेनीलाई अन्तिम संस्कार समारोहमा भारतको प्रतिनिधित्व गरियो र संघर्षमा ज्यान गुमाएकाहरूको परिवारप्रति गहिरो संवेदना व्यक्त गरियो ।’
v
