स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो ।
अधिकारीको पक्राउलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध जनाएका छन् । उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।
‘उनी हेल्थ असिस्टेन्ट हुन् । निजी स्वास्थ्य संस्थामा काम गर्थे, अहिले लोकसेवाको तयारीमा थिए । स्वास्थ्यमन्त्रीले गरेको काम लिएर सामाजिक सञ्जालमा ओलोचना गर्दै आएको जानकारि
