चर्चित भारतीय अभिनेता प्रदीपराम सिंह रावतको निधन भएको छ
ब्लड क्यान्सर भएका रावतको कोकीला बेन् अस्पतालमा मंगलवार साँझ उपचारको क्रममा निधन भएको हो ।
तेलुगु, हिन्दी र तमिल सिनेमाका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिरावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।
हालै ‘आबाट आमा–२’ को छायांकन पनि सम्पन्न गरेका थिए । यो सिनेमा रिलिज हुन भने बाँकी छ । ‘ह्रस्व दीर्घ’ र ‘आ बाट आमा’को रिलिजमा उनी नेपाल आएर हल भिजिटमा समेत हिँडेका थिए ।
रावतको निधनको खबरपछि अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन् ।
