नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा उच्चस्तरीय छलफल भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भएको भेटवार्तामा पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका विषयमा गहन छलफल भएको हो।
विशेषगरी नागढुङ्गा सुरुङमार्ग जस्ता परियोजनामा जापानको सहयोगलाई निरन्तरता दिने विषयमा सहमति देखिएको छ भने लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने विषय पनि प्राथमिकतामा परेको छ।
