त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती मा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ वर्षीय शंकर ओली रहेका छन्।
प्राप्त जानकारीअनुसार शंकर घरको आँगनमा खरमा खेलिरहेका बेला अचानक लडेर गम्भीर घाइते भएका थिए। घाइते भएपछि उनलाई उपचारका लागि नेर्पा स्वास्थ्य चौकी लगिएको थियो।
स्वास्थ्य चौकीमा पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि स्थानीयमा शोकको वातावरण छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
