जनध्वनि ब्यूरो पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार (११ वैशाख) पोखरा आइपुगेका छन्। मुलुकले लोकतन्त्र दिवस मनाइरहेकै दिन पारेर शाह पोखरा ओर्लिएका हुन्। उनलाई पोखरा विमानस्थलमा उपस्थित समर्थकहरूले बाजागाजा, फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका छन्।
शाहको यो भ्रमण केवल छोटो अवधिको नभई केही हप्ता लामो हुने बताइएको छ। स्रोतका अनुसार उनी पोखरामा २ हप्तादेखि १ महिनासम्म बस्ने योजनाका साथ आएका हुन्।
