११ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका छन् । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।
उनीहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण बुझाएर फर्किएका सुकुम्वासीका प्रतिनिधिले भने, ‘सरकारले सुकुमवासी बस्ती हटाउने भनेपछि यहाँ बस्तीमा बस्दै आएकाहरू अहिले बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय घेराउमा आएका हौं ।’
