आजको राशिफल: बैशाख १३, आइतबार
♈ मेष : आज नयाँ योजना बनाउने दिन छ। आर्थिक लाभ हुने संकेत छ तर स्वास्थ्यमा अलि ध्यान दिनुहोला। साथीभाइको सहयोगले अधुरा काम बन्नेछन्।
♉ वृष : परिवारसँग रमाइलो समय बित्नेछ। रोकिएका कामहरू बन्न थाल्नेछन् तर खर्च अलि बढ्न सक्छ। बोलीमा संयम अपनाउनु राम्रो हुनेछ।
♊ मिथुन : साथी-भाइसँगको भेटघाटले मन खुसी हुनेछ। व्यापारमा राम्रो उन्नति हुने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा मिल्न सक्छ।
♋ कर्कट : कामको चापले थकाई लाग्न सक्छ। बोलिदा संयम अपनाउनु होला, नत्र विवाद हुन सक्छ। शत्रुहरू सलबलाउन सक्छन्, सचेत रहनुहोस्।
♌ सिंह : आत्मविश्वास बढ्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ र नयाँ कामको जिम्मेवारी पाउन सक्नुहुन्छ। प्रेम सम्बन्धमा निकटता आउनेछ।
♍ कन्या : सिद्धान्त भन्दा पनि व्यावहारिक कुरामा ध्यान दिनुहोला। माया-प्रेममा मिठास आउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने दिन छ।
♎ तुला : शुभ समाचार सुन्न पाइएला। विदेशी लगानीबाट फाइदा हुने देखिन्छ तर आफुलाई बढी थकाई महसुस होला। यात्राको योग छ।
♏ वृश्चिक : शत्रुहरू परास्त हुनेछन् तर कुरा काट्नेहरूबाट सचेत रहनुहोला। कारोबारमा सुधार आउनेछ। पारिवारिक कलह शान्त हुनेछ।
♐ धनु : धार्मिक कार्यमा रुचि बढ्नेछ। लामो दुरीको यात्रा हुन सक्छ जसले मनमा शान्ति दिनेछ। रोकिएको धन प्राप्त हुन सक्छ।
♑ मकर : सञ्चित धन खर्च हुन सक्छ। ठुलो निर्णय लिनु भन्दा अगाडि विशेषज्ञको सल्लाह लिनु राम्रो हुन्छ। काममा ढिलासुस्ती हुन सक्छ।
♒ कुम्भ : उपहार पाउने योग छ। विद्यार्थीहरूको लागि आजको दिन धेरै नै फलदायक रहनेछ। नसोचेको ठाउँबाट सहयोग मिल्नेछ।
♓ मीन : रोकिएका कामहरू पूरा हुनेछन् तर सारो-मुस्किल काममा अलि बढी मेहेनत गर्नु पर्ने देखिन्छ। घरजग्गाको कारोबारमा लाभ मिल्नेछ।
Janadhwani – Fast, Fact-based, Fearless
